१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘शिक्षाका लागि खाद्य कार्यक्रम’ले विद्यालयमा छुवाछुत हट्दै


0
Shares

जिल्लाका २ सय ३७ प्राथमिक विद्यालय, ५८ निम्न माध्यमिक विद्यालय र ७ वटा बालकक्षा गरी जम्मा ३ सय २ विद्यालयमा यो कार्यक्रम लागू भएको हो । यसले विद्यार्थीको क्षमतासमेत विकास गरेको छ ।

दलित र गैरदलितका बालबालिकाहरु सँगै विद्यालय पढ्ने भए पनि छुवाछुत हुने गरेको बझाङमा अहिले यो कार्यक्रमले त्यसमा कमी ल्याएको स्थानीय बताउँछन् । यो कार्यक्रमले दलित र गैरदलित बालबालिका सँगै बसेर खाजा खान थालेपछि छुवाछुतमा कमी आएको हो ।

विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको बस्तुगत र आर्थिक सहयोगमा बझाङमा यो कार्यक्रम लागू गरिएको हो । एक विद्यार्थी बराबर एक दिनमा पिठो ९० ग्राम, तेल १० ग्राम, चिनी १० ग्राम वितरण गर्ने गरिएको छ ।