२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिएर चालकको मृत्यु


0
Shares

प्रहरीका अनुसार गएराति साढे ११ बजे दाङको लमही नगरपालिका ६ बेलदमारमा लु ३८ प ७७५३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ हेकुली ९ का २५ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा लमही अस्पतालमा राति सवा १ बजे मृत्यु भएको हो ।