२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ग्रामीण विकाससम्बन्धी सम्मेलन हुने


0
Shares

ग्रामीण विकास केन्द्रीय विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रामीण विकासलाई असर पार्ने पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, बसाइँसराइ, जलविद्युत्लगायतका विषयमा सो सम्मेलनमा छलफल हुने जानकारी दिइयो ।

सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका साथै क्यानडा र अमेरिकाकोसमेत सहभागिता रहनेछ ।

मुलुक संघीयतामा प्रवेश गरेकाले ग्रामीण विकासलाई कसरी लैजाने, पाठ्यक्रममा कस्ता विषय समावेश गर्ने भन्नेबारे छलफल गर्न सम्मेलन गर्न लागेको ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख डा. पुष्पकमल सुवेदीले जानकारी दिए ।

विभागका पूर्वप्रमुख डा. प्रेम शर्माले ग्रामीण विकासका लागि विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्ने भन्नेमा छलफल गर्न सम्मेलन महत्वपूर्ण हुने बताए ।