२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुमा बाटो बनाउनेक्रममा ‘पुरातात्विक’ संरचना भेटियो


0
Shares

तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ बाटो बनाउनका लागि खन्नेक्रममा इँटाले बनेको संरचना भेटिएको हो । स्थानीयहरुको जग्गामा इँटाका संरचनाहरु भेटिएको छ ।

ती संरचना भित्ता आकारमा रहेका छन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ ।

सोबारेमा जानकारी पाएपछि तिलौराकोटमा उत्खनन्मा संलग्न पुरातत्व विज्ञहरुको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाहरुको निरीक्षण गरेको जानकारी दिए ।

‘हेर्दा पुरानो इँटाहरु देखिन्छ, विस्तृत् कुरा अध्ययन गरेपछिमात्र थाहा हुन्छ’–उनले भने ।

सो स्थलको किनारमै प्राचीन कुवासमेत रहेको छ । केही वर्षअघि सो कुवामा प्राचीन वस्तुहरु भेटिएको थियो ।