काठमाडाैं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभागृहमा उहाँले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गर्नुभयो । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगन कुमार थापा धेरै भोट ल्याएर धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ ।’
ललितपुर महानगरपालिकाको दुई पटक मेयर हुनुभएका महर्जन अब पार्टी राजनितिमा सक्रिय हुने तयारीमा लाग्नुभएको हो । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई पटक भन्दा बढी हुन बन्देज लगाएको छ ।









प्रतिक्रिया दिनुहोस्