
सदरमुकामस्थित तोक्मेडाँडाबाट हेलिप्याडतर्फ आउँदै गरेको मे१त ३२४५ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको भ्यानलाई ‘साइड’ दिएर अघि बढ्दा भित्तामा ठोक्किएर सडकमा नै पल्टिएको थियो ।
दुर्घटनामा चालक फुङ्लिङ नगरपालिका–३, सिम्लेका सरोज सुनुवारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका इन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।
उनको उपचारकाक्रममा तमोर अस्पतालमा मृत्यु भएको बताइएको छ ।
सहचालक याङ्वरक गाउँपालिका–१ का मिलन सुनुवार सामान्य घाइते भएका छन् । उनको तमोर अस्पतालमै उपचार भइरहेको छ ।
अत्याधिक गतिका कारण ट्याक्टर दुर्घटनामा परेको जनाइएको छ । दुर्घटना दिउँसो २ बजेतिर भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्