महोत्तरी, साउन २ । महोत्तरीको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा मंगलबार राति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ । भिडन्तमा प्रहरीले १३ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । मंगलबार मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोका बनाएर लागुऔषध गाँजा नेपालबाट भारत तस्करी गर्न लागेको प्राप्त सूचनाका आधारमा जिल्ला…