१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


कोठामा झुण्डिएको अवस्थामा आमाछोराको शव फेला


0
Shares

बिराज रोस्यारा

कैलाली, साउन १५ । कैलालीको बर्दगोरीया गाउँपालिकामा एक महिला र उनको छोराको शव कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको छ ।

सो गाउँपालिकाको वडा नम्बर २ कुम्भियाकी २१ वर्षीया सीतादेवी डगौरा थारु र उनका साढे चार वर्षका छोरा संकेतको शव आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार सोमबार अपराह्न तीन बजेतिर घटना भएको हो । 

उपरीक्षक घिमिरेले सीतादेवीका श्रीमान लालबहादुर डगौरा थारुले दुवैको शव झुण्डिएको अवस्थामा फेला परेपछि खबर गरेको जानकारी दिए । घटना भएकाबेला आफू गोठमा राँगालाई घास दिन गएको लालबहादुरले प्रहरीसमक्ष बताएका छन् ।

लालबहादुरले आफू कोठामा जाँदा ढोका बन्द अवस्थामा रहेको र बोलाउँदा कोही नबोलेपछि ढोका खोल्दा झुन्डिएको अवस्थामा पत्नी र छोरा फेला परेको बयान प्रहरी समक्ष दिएका छन् ।

सीतादेवी र छोरा संकेतको शव पोष्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ भने लालबहादुरलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको २०७० सालमा बिहे भएको थियो ।