१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


भारतमा मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली सीमा क्षेत्रमा लुटिए


0
Shares

भीमदत्तनगर । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् ।

तीनजनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका–१ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।

लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।

अर्धचेत अवस्थामा रहेका तीनैजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

“बनवासा पुलनजिकै पेयपदार्थ (चिसो) खुवाएर हामीलाई कता लगे थाहा नै पाएनौं’-गौरभले भने–“लुटेर समूह तीनजना नेपाली भाषी नै थिए ।”

लुटेराहरुले आफूसित रहेको नगद, मोबाइल सेटका साथै अन्य सरसामान लुटेर लगेको उनले बताए ।