२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


विभिन्न जिल्लामा मोबाइल चोर्ने दुईजना समातिए


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोरखा, साउन ११ । गोरखासहित विभिन्न जिल्लाका मोबाइल पसलमा चोरी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा, तनहुँलगायतका स्थानमा शृंखलाबद्ध मोबाइल पसल चोरी गर्दै हिँडेका भारत, मोतिहारी थाना, झरौखर पञ्चायतका २० वर्षीय जाबेद आलम र ३० वर्षीय सुरेश साहलाई सामसुङ तथा ओप्पो कम्पनीका १६ थान मोबाइलसहित भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले शुक्रबार बरामद भएको मोबाइलसहित पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

गोरखाको नमस्ते मोबाइल पसल र तनहुँको सिटी मोबाइल सेन्टरबाट एक साताअघि उनीहरुले मोबाइल चोरी गरेका जनाइएको छ ।