चितवन, भदौ २४ । चितवन जिल्ला अदालतबाट गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दाको फैसला भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्या प्रकरणमा आज फैसला सुनाएको हो । अदालतको फैसला अनुसार १३ जना प्रतिवादीमध्ये १२ जनाले सफाइ पाएको अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए । सफाई पाउनेमा हाल काठमाडौं कारागारमा…