अनिल तिवारी (इमेज)
वीरगन्ज, असोज ४ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज महानगरपालिकाका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र नायब सुब्बा शशीभूषण साहलाई एक लाख रुपैयाँ घुस लिएको भन्दै टोलीले पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका–१४ स्थित फुरकान इन्टरनेसनलका सन्चालक एकबाल हैदरसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।
विद्यालय सन्चालन अनुमति दर्ताका लागि उनीहरुले घुस लिएको आरोप लागेको छ ।
घुस रकम शशीभूषण साहका भान्जाको पसलबाट बरामद गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्