बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ७ । भारतबाट नेपालतर्फ ल्याइँदै गरेको भारतीय रुपैयाँसहित आइतबार एकजना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३१ वर्षीय कृष्णराज जोशी रहेका छन् ।
सशस्त्र प्रहरीले उनको साथबाट ७१ लाख ७९ हजार ३०० भारु बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले भजनी नगरपालिका वडा नम्बर–३, नेपाल–भारत सीमानजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाइ–छिपाइ ल्याइँदै गरेको भारतीय रुपैयाँसहित जोशीलाई पक्रेको हो ।
उनलाई से४प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको डीएसपी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्