सुनसरी, असोज ४ । अज्ञात समूहले प्रहार गरेको गोली लागेर बिहीबार सुनसरीको हरिनगरा गाउँपालिका–२ का ४९ वर्षीय खुर्सिद आलमको मृत्यु भएको छ ।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले हरिनगरा गाउँपालिकास्थित भुटाहाबजारमा आलमलाई गोली प्रहार गरेका हुन् ।
गोली लागेका आलमको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलीको आवाज सुनेर घटनास्थल पुगेको भुटाहा प्रहरीचौकीको प्रहरी टोलीमाथिसमेत सो समूहले गोली प्रहार गर्दा प्रहरीजवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।
गाउँमा भएको झै–झगडा मिलाउन तथा सामाजिक काममासमेत अग्रसर हुने आलमलाई रिसइबी साँधेर हत्या गर्न लगाइएको प्रहरीको शंका छ ।
आलमका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले माग गरेका छन् । हतियारधारी समूह फरार भएको छ ।
प्रतिक्रिया दिनुहोस्