
प्रतीक्षा खनाल/रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, साउन १४ । मानव बेचविखनको मुद्दा आफैंमा भयावह विषय हो । यसको न्यूनीकरणका लागि सम्पूर्ण विश्व लागिपरेको पनि छ । तर, सन्तोषजनक प्रतिफल आउन सकेको छैन ।
तस्करहरुले समयअनुसार कार्यशैली परिवर्तन गर्ने भएकाले मानव बेचविखच न्यूनीकरणमा सन्तोषजनक उपलब्धि हुन नसकेको अधिकारकर्मीहरु बताउँछन् ।
मानव तस्करहरुले समय, परिस्थितिअनुसार कार्यशैली परिवर्तन गर्ने गर्दछन् । कहिले विवाहित जोडीकारुपमा सिमाना पार गराउने त कहिले बिरामीको बहाना बनाएर ।
सन् २०१८ को टीआइपी हिरो सुनिता दनुवारकाअनुसार पछिल्लो समय आमरुपमा ९ देखि १२ वर्षका किशोरीलाई सिमाना कटाएर उनीहरुलाई ‘ग्रोथ हर्मोन’ दिने गरिन्छ ।
डाक्टरहरूकाअनुसार जुन किशोरीहरूलाई ग्रोथ हर्मोन दिइन्छ, उनीहरूको शारीरिक विकास तीव्रगतिमा हुने गर्दछ । जसका कारण उनीहरू चाँडै जवान देखिन्छन् ।
नेपालका करिब ७ हजार मानिस वर्षेनि मानव बेचविखनको सिकार हुने गर्दछन् ।
छिमेकी देश भारत, चीन, तथा खाडीसहित विश्वका थुपै्र मुलुकमा नेपालीहरु बेचिने गरेका छन् ।
अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवसको अवसर पारेर सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारीले यस मुद्दासँग सम्बन्धित कानुनहरुमा परिवर्तन ल्याउनु जरुरी रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्