
web pic
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार एक महिलासहित दुई बालिकाको हत्या भएको छ ।
रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको दाबी अनुसार पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र दुई छोरीहरू स्नेहा र हिमानीको हत्या गरेका हुन् ।
चक्कु र हम्मर प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।
सुजन र दीपाबीच केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो ।
सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्