भीमदत्तनगर, भदौ १४ । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कन्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । कन्चनपुर भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला…