१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


धानखेतको आलीमा महिलाको शव फेला


0
Shares

सर्लाही, भदौ २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

आइतबार साँझ खेतमा खाद छिट्न गएका किसानले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाँटीमा सारी बाँधिएको अवस्थामा तराई मुलकोजस्तो देखिने अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

उनका अनुसार घटनास्थलमको प्रकृति हेर्दा महिलाको अन्यत्रै मृत्यु वा हत्या पश्चात धान खेतमा ल्याएर शव फ्यालेको जस्तो देखिन्छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

मृतकको परिचय खुलाउन मातहतका प्रहरी युनिट र सीमापारीका भारतीय थानामा पनि महिलाको हुलिया पठाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।