२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


‘डाटा ह्याक’ गरी विदेशीको रकम नेपालीका बैंक खातामा ट्रान्सफर, पाँचजना समातिए


0
Shares

काठमाडौं, भदौ २५ । नक्कली क्रेडिट कार्डमार्फत् विदेशीहरुको खाताको रकम नेपालीहरुको बैंक खातामा ट्रान्सफर गरी ठगी गर्दै आएका दुई नेपाली र तीन भारतीय नागरिकलाई महानगरीय प्रहरीले पक्राउ गरी सोमबार सर्वजनिक गरेकोछ ।

पक्राउ पर्नेहरुमा काभ्रे, तिमाल–९ का विजय दोङ लामा, काठमाडौं–१७ का अनुज नकर्मी, भारत, नयाँदिल्ली, बलजितनगरका बिटु गौतम, नयाँदिल्ली, ओम बिहारका विकाश गोसाइँ र जिन्टु गोएल रहेका छन् ।

उनीहरुले विभिन्न देशका एटीएम कार्डको ‘डाटा ह्याक’ गरी नेपालका विभिन्न बैंकहरुमा रहेका खातामा रकम तान्ने र खातावालसँग मिलेर रकम झिक्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरुले खाताधनीलाई २५ प्रतिशत कमिसन दिने र ७५ प्रतिशत आफूहरुले लिने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले बताए ।

त्यसरी अवैधरुपमा कुमारी बैंक र टुरिज्म डेभलपमेन्ट बैकमा ७/७ लाख रुपैयाँ ट्रान्सफर भएको देखिएको उनले जानकारी दिए ।