एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा एक अवैध सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले शुक्रवार दिएको जानकारीअनुसार बिहीवार राति सिजुन्जुङ रेजेन्सीस्थित एक भिर खस्दा उक्त दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी क्षेत्र नजिकैको भीरमा पहिरो जाँदा त्यहाँ कार्यरत थुप्रै कामदारहरू भग्नावशेषमा पुरिएका थिए । स्थानीय स्रोतकाअनुसार मृतकहरूको…