एजेन्सी ।
चीनमा शक्तिशाली समुद्री आँधी ‘बाभी’ले विपद् निम्त्याएको छ ।
एक हप्तामा चीनमा दोस्रो पटक शक्तिशाली समुद्री आँधी ठोक्किएको हो । करिब एक हजार किलोमिटर चौडाइ क्षेत्रमा फैलिएको यो आँधीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै झेजियाङ र आसपासका क्षेत्रबाट करिब १७ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
हिजो साँझ ताइझोउ र मध्यरातमा वेन्झोउ सहरमा ठोक्किएको यो आँधीलाई हाल ‘श्रेणी १’ मा राखिएको छ । यसले पूर्वी झेजियाङ र उत्तर–पूर्वी फुजियान प्रान्तमा अत्यधिक भारी वर्षा गराउने चेतावनी दिइएको छ । आँधीका कारण विद्यालय, कलकारखाना र बाहिरी गतिविधिहरू बन्द गरिएका छन् भने सयौँ उडान र रेल सेवाहरू रद्द भएका छन् ।
यसअघि यो आँधीले फिलिपिन्समा पहिरो निम्त्याउँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने गुआम, जापान र ताइवानमा पनि ठुलो वर्षा र क्षति पु¥याएको थियो ।









प्रतिक्रिया दिनुहोस्