Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आफ्नाे लोकप्रियता ५९ प्रतिशत पुगेकाे राष्ट्रपति ट्रम्पकाे दावी

बजारमा महँगी पनि घटेकाे जिकिर

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लोकप्रियता (अप्रुभल रेटिङ) ५९ प्रतिशत पुगेको दावी गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। यसका साथै उहाँले बजारमा उपभोग्य वस्तुको मूल्य घटिरहेको तथा तेल र ग्यासको लागत पनि कम भइरहेको समेत जिकिर गर्नुभएकाे छ । यद्यपि यसै महिना ह्यारिसएक्स र क्वान्टस इन्साइट्स लगायतका संस्थाहरूले गरेका पछिल्ला सर्वेक्षणहरूले भने राष्ट्रपति ट्रम्पको दावी भन्दा फरक नतिजा देखाएका हुन्।

ती सर्वेक्षणका अनुसार करिब ४३ प्रतिशत अमेरिकीले मात्र राष्ट्रपति ट्रम्पको कार्यसम्पादनलाई मन पराएकाे र ५४ देखि ५५ प्रतिशतले उहाँको कामफ्रति असन्तुष्टि जनाएका छन्। अर्कातर्फ, खाडी क्षेत्रमा नवीकरण भएको तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य भने तीव्र रूपमा बढिरहेको छ।

पछिल्लो समय ब्रेन्ट क्रुडको मूल्य करिब ३ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ दशमलव ५० डलर आसपास पुगेको हाे।