Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सुदूरपश्चिमका एमाले सांसद थापाद्वारा राजीनामा


819
Shares

विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

थापाले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

प्रदेश सरकारको बजेटप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार बजेट पारित भएपछि प्रदेशसभा सदस्य पद छाड्ने निर्णय गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले यसअघि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।