कारागारको सुरक्षा प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरु आन्दोलित भएका हुन् । फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । तर कैदीबन्दीको तुलनामा कम मात्र सुरक्षाकर्मी परिचालन गरिएपछि कारागार सुरक्षाकर्मीले विरोध गर्दै आएका छन् । यसैबीच देशभर आन्दोलन चर्केपछि फ्रान्सका न्याय मन्त्री निकोल बेलोबेटले आन्दोलनरत पक्षसँग छलफल…