अजरबैजानको पुनःस्थापना केन्द्रमा आगोलागी, २४ जनाको जलेर मृत्यु • Image Khabar Image Khabar


अजरबैजानको पुनःस्थापना केन्द्रमा आगोलागी, २४ जनाको जलेर मृत्यु


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार १७:४३

अजरबैजानको पुनःस्थापना केन्द्रमा आगोलागी, २४ जनाको जलेर मृत्यु

अजरबैजानको राजधानी बाकुमा रहेको एकतले केन्द्रमा आगोलागी हुँदा मृत्यु हुनेमा दुर्व्यसनी र कर्मचारीहरु रहेका छन् ।

३१ जनालाई भने जीवितै उद्धार गरिएको छ । आगोलागीको समयमा त्यहाँ रहेका कर्मचारी र दुर्व्यसनीहरुबीच भागदौड मच्चिएको थियो ।

काठैकाठले बनेको सो घरमा आगोलागी नियन्त्रण गर्न निकै समय लागेको बताइएको छ । विद्युत् शर्ट भइ आगोलागी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, अजरबैजानका राष्ट्रपति लहाम अलियभले आगोलागी क्षेत्रको निरीक्षण गरेका छन् ।

उनले आगोलागीमा ज्यान गुमाएकाहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्