२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नाइजेरियामा ज्वरोका कारण ७२ जनाको मृत्यु


0
Shares

दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लासा ज्वरोको संज्ञा दिएको छ ।

प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।

नयाँ वर्षको बेलादेखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ राज्यमा फैलिएको रोग नियन्त्रण केन्द्रको तथ्यांक छ । रोग नियन्त्रण केन्द्रले सबै प्रदेशमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरुलाई आह्वानसमेत गरेको छ । (एजेन्सी)