१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विश्वको जुनसुकै कुनालाई निशाना बनाउन सक्ने मिसाइल रुससँग रहेको पुटिनको दाबी


0
Shares

सो मिसाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्ने पनि उनले स्पष्ट पारे ।

रुसमा राष्ट्रपतीय चुनावअघिको सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् । सम्बोधनकै क्रममा उनले नमूनाका रुपमा एक पानीजहाजहरुबाट छोड्न सकिने ड्रोन प्रदर्शन गरेका थिए, जुन परमाणु हमलाका लागि प्रयोग गर्न सकिन्छ ।

सोही क्रममा उनले रुससँग रहेको मिसाइललाई युरोप र एसियाभर छरिएर रहेको अमेरिकी प्रतिरक्षा प्रणालीले पनि रोक्न नसक्ने दावी गरे ।

उनले रुसविरुद्व यदि कसैले परमाणु हतियार प्रयोग गर्छ भने त्यसको जवाफ राम्रै पाउने चेतावनीसमेत दिए । (एजेन्सी)