Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया इच्छुक !

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इन र उत्तर कोरियाका गुप्तचर प्रमुख जनरल किम योङ चोलबीच सोलमा भएको भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । जनरल किम प्योङचाङ शीतकालीन ओलम्पिकको समापन समारोहमा भाग लिने क्रममा दक्षिण कोरियामा छन् । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच दरार सिर्जना गर्न पनि वार्ताको प्रस्ताव अगाडि सारेको अनुमान गरिएको छ ।…