रुसी राष्ट्रपतिनिकट व्यक्ति तथा सरकारी अधिकारीमाथि अमेरिकी प्रतिबन्ध • Image Khabar Image Khabar


रुसी राष्ट्रपतिनिकट व्यक्ति तथा सरकारी अधिकारीमाथि अमेरिकी प्रतिबन्ध


Imagekhabar
२४ चैत्र २०७४, शनिबार ०७:२५

रुसी राष्ट्रपतिनिकट व्यक्ति तथा सरकारी अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

उनीहरुमाथि पुरै विश्वलाई हानी गर्ने गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धमा रुसी राष्ट्रपति पुटिनका सुरक्षा गार्ड, उनका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका कम्पनी छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता सारा स्यान्डर्सका अनुसार यो प्रतिबन्धको अर्थ अमेरिकाले रुससँग सम्बन्ध पुरै अन्त्य गरेको भन्ने होइन । रुससँगको सम्बन्ध सुमधुर बनाउन अमेरिकी चाहना भएको र उसको व्यवहारमा सुधार ल्याउन प्रतिबन्ध लगाइएको उनको भनाइ थियो ।

यसैबीच अमेरिकाले प्रतिबन्ध गाएपछि रुसले कडा कदम उठाउने चेतावनी दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमले रुस आफ्नो बाटोबाट पछि नहट्ने स्पष्ट पारेको छ । उसले अमेरिकी कदमलाई ‘मूर्खतापूर्ण’ संज्ञा दिएको छ । यसले दुई देशबीचको आर्थिक सम्बन्धमा नकारात्मक असर पर्ने रुसको भनाइ छ ।

अमेरिकाले अघिल्लो महिना पनि रुसका १९ नागरिकमाथि प्रतिबन्ध लगाएको थियो । उसले अमेरिकामा साइबर आक्रमण गरेको र राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्