Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बंगलादेशको नयाँ राष्ट्रपतिमा मिर्जा आलमगिर निर्वाचित


234
Shares

एजेन्सी। बंगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगिरलाई राष्ट्रपति चयन गरेकाे छ।

करिब ३५ वर्षपछि बंगलादेशको २३औं राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत चयन गरिएकाे हाे । सत्तारुढ बीएनपीका तर्फबाट मनोनित उम्मेदवार मिर्जा फखरुल २ सय ५५ मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे छ। उहाँ सत्तासीन बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुनुहुन्छ।

उहाँ पूर्वप्रधानमन्त्री शेख हसिनाका मुख्य विरोधीहरूमध्ये एक हुनुहुन्छ । सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । आलमगिरले कठिन परिस्थितिमा बीएनपीको नेतृत्व सम्हाल्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे। उहाँलाई पटक-पटक गिरफ्तार पनि गरिएको थियो ।

बंगलादेशमा राष्ट्रपतिको पद आलंकारिक छ। यद्यपि, प्रस्तावित सुधार अन्तर्गत देशका शीर्ष नेताहरूबीच सत्ताको सन्तुलन कायम राख्न राष्ट्रपतिको पदलाई थप अधिकारहरू दिन सकिने जनाइएकाे हाे।