Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


इजरायलको वेस्ट बैंककाे संवेदनशील क्षेत्रमा बस्ती निर्माणकाे योजनाप्रति बेलायत र फ्रान्ससहित ५ देशकाे संयुक्त रूपमा विरोध


0
Shares

एजेन्सी । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढाएको योजनाको बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले विरोध गरेका छन् ।

साेही देशहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलम नजिकै करिब १ हजार २ सय नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ बताएकाे बीबीसीले जनाएको हाे । उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन् । इजरायलको आवास मन्त्रालयले अस्ति बुधवार पूर्वी जेरुसेलम र माले अदुमिम बस्तीबीचको क्षेत्रमा ३ हजार ४ सय १ स्वीकृत आवास एकाइमध्ये १ हजार २ सय ३४ का लागि बोलपत्र आह्वान गरेको थियो ।

करिब  १२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आगामी महिना अक्टोबर १९ तारिख तोकिएको छ । जसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरुको धारणा रहेकाे हाे। उनीहरूले यस कदमले शान्तिको सम्भावनालाई थप टाढा लैजाने र अन्तर्राष्ट्रिय स्तरमा इजरायलको प्रतिष्ठामा समेत असर पार्ने चेतावनी दिएका छन् ।

राष्ट्रसंघले पनि यो योजना प्यालेस्टिनी राज्यका लागि ‘अस्तित्वगत खतरा’ भएको जनाएको हाे ।