काठमाडाैं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–१ भिरकोटस्थित माझी भिरमा अड्किएको शव असोज २७ गते सशस्त्र प्रहरीले निकालेको छ ।
सोही ठाउँ बस्ने अन्दाजी ६६ वर्षिय नुर बहादुर खड्का घास काट्ने क्रममा लडि भिरमा रहेको रुपमा अड्किएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१८ गुल्म दोलखाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मेग प्रसाद चौलागाईको कमाण्डमा खटिएको टोलीले निकालेको हो ।
घाँस काट्ने ठाउँभन्दा करीव ४० मिटर तल भिरमा रहेको रुपमा अड्किएका उनको शव सशस्त्र प्रहरीले झण्डै ३ घण्टाको प्रयासमा रोप रेस्क्यु विधि अपनाई निकालेको हो ।







प्रतिक्रिया दिनुहोस्