Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


आईपीयू महासभामा नेपालको आपत्कालीन प्रश्ताव पारित हुनु ऐतिहासिक : महासचिव पाण्डे


52
Shares

काठमाडाैं ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रश्तुत गरेको आपत्कालीन प्रश्ताव पारित हुनु एतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

महासभामा सहभागी भएर फर्किने क्रममा मंगलवार त्रिभूवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता पाएको बताउनुभएको हो । नेपालले आईपीयूमा सभामुख डोलप्रसाल अर्यालले नेपाललको तर्फबाट प्रश्तुत गर्नुभएको जलवायु विपद् उत्थान सम्बन्धी आपत्कालीन प्रश्ताव दुई तिहाईले पारित भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार महासभामा नेपालसहित बहराइन र इरानले आपत्कालीन प्रश्ताव प्रश्तुत गरेका थिए । तीमध्ये नेपालको प्रस्ताव मात्रै दुई तिहाई मतसहित पारित भएको हो । नेपालले प्रश्तुत गरेको प्रश्तावमा जलवायुजन्य विपद् तथा हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रमा बढ्दो चुनौती सम्बोधन गर्ने विषय समेटिएको महासचिव पाण्डेले बताउनु भयो । महासभामा सभामुख अर्यालले सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिक विश्वास अभिवृद्धि र सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसदको भुमिका महत्वपूर्ण धारणा राख्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘ उहाँले महासभाको जनरल डिबेटअन्तर्गत ‘समावेशिता, विश्वास र सबैका लागि अवसरहरूमार्फत सुशासनको सदुपयोग तथा समुदायहरूको सशक्तीकरण’ विषयमा धारणा राख्दै सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि तथा सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरी, सम्माननीय सभामुखले नेपालको तर्फबाट प्रश्तुत गर्नुभएको ‘हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु सम्बन्धी विपद्हरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्कालिन संसदीय पहल’ विषयक प्रश्ताव दुई तिहाइ मतसहित महासभाको आकस्मिक कार्यसूची (इमर्जेन्सी एजेण्डा) मा समावेश भएको थियो । उक्त प्रश्तावमाथि महासभामा छलफलसमेत भएको थियो । यसलाई नेपालको ऐतिहासिक सफलताका रूपमा लिन सकिन्छ । किनभने, अन्तरव्यवस्थापिका संघको महासभामा नेपालले यसअघि आकस्मिक प्रस्ताव प्रश्तुत गरेको थिएन ।

पहिलोपटक प्रस्ताव प्रश्तुत गर्दा नै विश्वभरका संसद्हरूको दुई तिहाइ समर्थन प्राप्त हुनु र उक्त प्रश्ताव महासभाको कार्यसूचीमा समावेश भई छलफलसमेत हुनु नेपालको संसदीय कुटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि हो । उक्त महासभामा बहराइन, इरान र नेपाल गरी तीनवटा आकस्मिक प्रस्ताव प्रस्तुत भएका थिए । तीमध्ये नेपालको प्रश्ताव दुई तिहाइ मतसहित पारित भएको थियो । उक्त प्रस्ताव मानवता, साझा उत्तरदायित्व र साझा प्रतिबद्धताको अभिव्यक्तिका रूपमा रहेको उल्लेख गर्दै सम्माननीय सभामुखले प्रस्तावको समर्थन गर्ने तथा छलफलमा सहभागी हुने राष्ट्रहरूप्रति संघीय संसद र नेपाली जनताको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।’

उहाँकाअनुसार महासभाले समावेशी सामाजिक विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरण र जलवायु विपद् व्यवस्थापन तथा उत्थानशीलता अभिवृद्धिसम्बन्धी प्रस्तावसमेत पारित गरेको थियो । महासभामा नेपालका प्रतिनिधिमण्डलका सदस्यहरूले विभिन्न विषयगत बैठक तथा मञ्चमा नेपालको धारणा राखेको उहाँले जानकारी दिनुभयो । सांसद रविनकुमार महतोले युवा सांसदहरूको मञ्चमा सहभागी हुँदै युवा नेतृत्व, संसदीय सहभागिता, लोकतान्त्रिक अभ्यास र दिगो विकासका विषयमा विचार प्रश्तुत गर्नुभएको थियो भने सांसद झक्कुप्रसाद सुवेदीले एशिया–प्रशान्त भू–राजनीतिक समूह (एपीजी) का बैठकमा सहभागिता जनाउनुभएको थियो ।

सांसद डा. अञ्जान शाक्यले दिगो विकास स्थायी समितिको ब्युरो बैठकमा प्रतिवेदकको भुमिका निर्वाह गर्दै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म संरक्षण तथा पुनस्र्थापनासम्बन्धी लक्ष्य हासिल गर्ने विषयमा नेपालको प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले अस्ट्रेलिया, बेलायत र चीनका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको महासचिव पाण्डेयले बताउनु भयो ।

भूटान र संयुक्त अरब इमिरेट्सलगायतका मुलुकका प्रतिनिधिसँग पनि साइडलाइन बैठक तथा छलफल भएको उहाँको भनाई छ । आईपीयूको अध्यक्ष पदका लागि भएको निर्वाचनमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिक्स ५६ प्रतिशत मत प्राप्त गरी ३२औँ अध्यक्षमा निर्वाचित हुनुभएको उहाँले बताउनु भयो । उहाँकाअनुसार नेपालले डिक्सको उम्मेदवारीलाई समर्थन गरेको थियो । यसबाट नेपाल र अस्ट्रेलियाबीचको संसदीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको पाण्डेयले बताउनुभयो ।

महासभासँगै आयोजना भएको संसदका महासचिवहरूको संघ (एएसजीपी) का बैठकमा महासचिव पाण्डेयले पनि सहभागिता जनाउनुभएको थियो । बैठकमा संसदीय व्यवस्थापन, कार्यसम्पादन तथा विभिन्न मुलुकका संसदका प्रशासनिक अनुभव आदानप्रदान गरिएको थियो । प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी र संघीय संसद सचिवालयकी सहसचिव रेखा उपाध्याय खनालले पनि बैठकमा सहभागिता जनाउनुभएको थियो ।

महासभाका अवसरमा प्रतिनिधिमण्डलले केन्याको भ्रमणसमेत गरेको थियो । केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाली टोलीले तल्लो सदनको अवलोकन गर्नुका साथै संसदीय कामकारबाहीबारे जानकारी लिएको थियो । साथै, केन्याको संसदीय बजेट कार्यालयका प्रतिनिधिसँग छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो ।

सभामुख अर्यालको नेतृत्वमा अर्यालकी धर्मपत्नी अम्बिका केसी, सांसद रबिनकुमार महतो, राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी र डा. अञ्जान शाक्य, महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार महासभामा भाग लिन तान्जानियाको अरुषामा जानुभएको थियो । प्रतिनिधिमण्डल फ्लाई दुबईको एफजेड ५३९ उडानमार्फत मंगलबार स्वदेश फर्किएको हो ।