
रेष्टुराँ बाहिर खान बसेका माझ भ्यान चलाउँदा उनीहरुको मृत्यु भएको हो ।
भ्यान चालकले भने आफैंमा गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । भ्यान चालकको पहिचान भएको छैन ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले घटनाले आफूलाई मर्माहत तुल्याएको बताएकी छन् । उनले घटनामा संलग्न जो कोही पनि कारबाहीको घेरामा आउने बताइन् ।
युरोपका केही राष्ट्रहरुमा पछिल्लो समय जिहाद समूहले सवारीसाधन प्रयोग गरी सर्वसाधारणको ज्यान लिने गरेकै बेला जर्मनीमा भएको यो घटनामा पनि उक्त समूहको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपी घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्