मोदीको निवासअगाडि सांसदहरुको प्रदर्शन • Image Khabar Image Khabar


मोदीको निवासअगाडि सांसदहरुको प्रदर्शन


Imagekhabar
२५ चैत्र २०७४, आईतवार १९:१०

मोदीको निवासअगाडि सांसदहरुको प्रदर्शन

आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि दबाबमूलक प्रदर्शन गर्न लागेका तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोककल्याणमार्गबाट हटाएको जनाइएको छ ।

प्रहरीले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले आफूहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप सशक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताए । रासस/पीटीआइ

प्रतिक्रिया दिनुहोस्