
होम्स शहरस्थित टी–४ एयरवेसनजिकै विस्फोटका ठूला आवाज सुनिएको र त्यहाँ मिसाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले मिसाइल आक्रमणमा धेरैको मृत्यु भएको जनाएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डोमामा भएको रासायनिक आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको हो ।
आक्रमण कसले गरेको हो भन्ने पुष्टि हुन सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्