भियतनाम, जेठ २७ । भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध विरोध प्रदर्शन चर्किएको छ । चिनियाँ लगानीकर्ताहरुले नयाँ आर्थिक क्षेत्र कब्जा गर्न सक्ने त्रासका कारण विरोध चर्किएको बताइएको छ । कम्युनिष्ट सरकारले चिनियाँ लगानीकर्तालाई पुरस्कृत गर्ने उनीहरुको आशंका छ । राजधानी हनोइमा भएको प्रदर्शनमा दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । प्रदर्शनका कारण अरु शहरमा…