२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


नाइजेरियामा भीषण बाढीका कारण झण्डै २ सय मानिसको मृत्यु


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा भीषण बाढीका कारण झण्डै २ सय व्यक्ति मारिएका छन् ।

नाइजेरियाको राष्ट्रिय आपतकाल व्यवस्थापन एजेन्सीले देशका विभिन्न १२ राज्यहरु बाढीबाट प्रभावितहुँदा कम्तिमा १ सय ९९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

ठूला नदीहरु नाइजर र बेनेले तटबन्ध भत्काँउदा यती धेरै मानिसको ज्यान गएको हो ।

लाखौं मानिस घरवारविहीन बनेका छन् भने हैजा फैलिएको मध्य तथा दक्षिणी राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

बोर्नो र योबे राज्यमा हैजाबाट मात्रै पछिल्लो दुई हप्तामा कम्तिमा ९७ जनाले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।(एजेन्सी)