१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी, एकजनाको मृत्यु


0
Shares

आगलागीमा परेर एकजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी भवनको ५० औं तलामा बस्दै आएको अधिकारीहरुले जनाएका छन् । गम्भीर घाइते अवस्थामा अस्पताल लगिएका उनको मृत्यु भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।

आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको अथक प्रयासको प्रशंसा गरेका छन् । (एजेन्सी)