काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो ।…