५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


क्राइमियाको एक क्याम्पसमा विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । 

क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

उनले क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए ।

साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलमा एउटा विस्फोट पनि भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । ती विद्यार्थीले आफ्नै सहपाठीमाथि किन गोली प्रहार गरे भन्ने खुलेको छैन ।

क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)