१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


यौन उत्पीडनको आरोप लागेका भारतीय विदेश राज्यमन्त्री अकबरद्वारा राजीनामा


0
Shares

काठमाडौं, असोज ३१ । भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

समाचार एजेन्सी ‘एएनआई’काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।

व्यक्तिगतरुपमा अदालतबाट न्याय लिनका लागि आफूले पद छाडेको उनीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

६७ वर्षीय अकबरमाथि १५ भन्दा बढी महिलाले ‘मीटू’ अभियानमार्फत् यौन उत्पीडनको आरोप लगाएका थिए ।

त्यसमध्येकी एक महिला पत्रकार प्रिया रमानीविरुद्ध अकबरले सोमबार आपराधिक मानहानिको मुद्दा दायर गरेका थिए ।

अकबरले आफूविरुद्ध आरोप लगाउने सबैलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

अकबरको राजीनामालगत्तै पत्रकार प्रिया रमानीले एक ट्वीट गर्दै राजीनामाले महिलाकारुपमा आफूले दोषमुक्त महसुस गरेको भन्दै अदालतबाट पनि आफूले न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरेकी छन् ।

जनदबाबपछि अकबरले राजीनामा दिएको बताइएको छ । (एजेन्सी)