१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


तथ्यहरू नआएसम्म साउदी अरबको आलोचना गर्न हुँदैन : ट्रम्प


0
Shares

काठमाडौं, असोज ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गी बेपत्ता भएको सम्बन्धमा सबै तथ्यहरू थाहा नभएसम्म साउदी अरबको आलोचना गर्न नहुने बताएका छन् ।

उनले साउदी राजकुमार मोहम्मद बिन सलमानले खसोग्गीको विषयमा के भयो ? भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको जानकारी दिए ।

घटनाबारे कुराकानी गर्न आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई रियाद पठाएका राष्ट्रपति ट्रम्पले ‘साउदी अरबमाथि आरोप लगाउनु निर्दोष सावित नहुन्जेल दोषी भएजस्तो’ भएको टिप्पणी गरे ।

गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा अन्तिमपटक देखिएका खसोग्गी त्यसयता बेपत्ता छन् ।

साउदी अरबले आफ्नो वाणिज्य दूतावासभित्र उनको हत्या गरिएको टर्कीको आरोप अस्वीकार गर्दै आएको छ ।

खसोग्गी साउदी राजकुमारका कतिपय नीतिका आलोचक थिए । उनको बेपत्ता प्रकरणलाई लिएर साउदी अरबमाथि दबाब बढ्दै गएको छ । (एजेन्सी)