१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


अफगानिस्तानमा भइरहेको मतदानका क्रमका विष्फोट हुँदा २१ जनाको मृत्यु


0
Shares

काठमाडौं । अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृंखलाबद्ध विष्फोट हुँदा २१ जना मारिएका छन् ।

अफगानिस्तानको काबुलमा रहेको दुईवटा मतदान केन्द्रमा भएको आत्मघाती विष्फोटमा १८ जना मारिएका छन् ।

त्यसैगरी कुन्दुज शहरको मतदान केन्द्रमा भीडभाड माझ भएको विष्फोटमा ३ जना मारिनुका साथै ५० जना घाइते भएका छन् ।

विद्रोही समुहले थापेको धरापमा परी घोर प्रान्तको मतदान केन्द्रको सुरक्षार्थ खटिएका ३ जना सुरक्षकर्मी सख्त घाइते भएका छन् ।

यसैबीच अफगानिस्तानको विभिन्न क्षेत्रमा मतदान स्थगित गरिएको छ ।

यता,कान्दाहारका प्रहरी प्रमुखको हत्यापछि त्यस क्षेत्रको मतदान एक हप्ता पर धकेलिएको छ ।

२ सय ५० संसदीय सीटका लागि भएको मतदानमा महिलासहित २५ सयभन्दा बढी उम्मेदवार छन् । करिब ९० लाख मतदाता मतदानका लागि योग्य छन् ।

मतदान अघि १० जना उम्मेदवारको हत्या भैसकेको छ ।

चुनावको प्रारम्भिक नतिजा भने २० दिन पछिबाट मात्र आउन शुरु हुने अनुमान गरिएको छ ।(एजेन्सी)