
काठमाडौं, असोज ३१ । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थीहरु छन् ।
कर्चमा रहेको प्राविधिक विश्वविद्यालयमा कुनै किसिमको उपकरणको मद्दतबाट विस्फोट गराइएको त्यहाँका अधिकारीहरुले अनुमान गरेका छन् ।
रुसी नेसनल गार्डले विस्फोटलाई ‘आतंककारी कदम’ भनेको छ ।
रुसले कर्चबाट क्राइमिया र रुस जोड्ने पुल निर्माण गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्