१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


पत्रकार खसोज्जीको दुतावासभित्रैको झगडामा मृत्यु भएको होः साउदी


0
Shares

काठमाडौं । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासबाट वेपत्ता भएका पत्रकार जमाल खसोज्जीको मृत्यु भएको साउदी अरेवियाले पुष्टि गरेको छ ।

साउदी अरेवियाको सरकारी टेलिभिजनले पत्रकार खसोज्जीको दुतावासभित्रै भएको झगडामा ज्यान गएको जिकिर गरेको हो ।

साउदी अरबियाले पत्रकार खसोज्जी मारिएको सूचना पहिलोपटक स्वीकार गरेको हो ।

यसअघि साउदी अरबियाले खसोज्जी आफ्नो दूताावासबाटै सकुशल निस्किएको र त्यसपछिको अवस्थाबारे केही जानकारी नभएको दावी गर्दै आएको थियो ।

तर टर्कीले साउदी दुतावासभित्रै खसोज्जीको हत्या भएको भन्दै छानविन थालेपछि साउदीमाथि अन्तराष्ट्रिय दबाब बढेको थियो ।

साउदी अरबियाले यो घटना प्रकरणमा देशको खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र साउदी युवराज मोहमद बिन सलमानका वरिष्ठ सुरक्षा सहयोगी साउद अल कतानीलाई बर्खास्त गरेको जनाएको छ ।(एजेन्सी)