आगामी जेठ १३ देखि २८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सातओटा प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीले सहभागिता जनाउनेछन् । बिहीबार राजधानीमा प्रतियोगितासम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राखेपका सदस्यसचिव केशवकुमार बिष्टले ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न घरेलु एकदिवसीय प्रतियोगिताहरु आवश्यक रहेका…