पुलिस उपाधिनजिक • Image Khabar Image Khabar


पुलिस उपाधिनजिक


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १९:३२

पुलिस उपाधिनजिक

मंगलबार दमक बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।

पुलिसको जितमा खेलको ३७औं मिनेटमा निरकुमार राईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ पनि गोलकर्ता राई नै घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लब आमने–सामने हुने आयोजकले जनाएको छ ।

१० टिमले सहभागिता जनाएको यही वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता दमक नगरपालिका, नगरखेलकुद विकास समितिले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्