काठमाडौं, साउन २४ । इंग्लिश कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ । आइतबार राती भएको खेलमा प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीलाई २-१ ले हराँउदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्ड र ज्लातन ईब्राहिमोभिचले एक एक गोल गरे । पराजित टोली लेष्टर सिटीका लागि…