काठमाडौं, साउन २६ । युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियाल मड्रिडले जितेको छ । मंगलबार राति भएको खेलमा आफ्नै राष्ट्रको सेभियालाई अतिरिक्त समयमा हराउँदै रियाल मड्रिडले उपाधि उचालेको हो । युएफा सुपर कप फुटबलमा अघिल्लो सिजनको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताले खेल्ने व्यवस्था छ । रियाल मड्रिड च्याम्पियन्स लिग विजेता हो भने सेभिया…